22 Oct, 2024, Tue ddcbanke2@gmail.com (+९७७)-०८१-५३१६५२
समाचार:
/ बाँके जिल्लाको संक्षिप्त परिचय

बाँके जिल्लाको संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ २४ गते बिहीबार

बाँके जिल्लाको संक्षिप्त परिचय

बाँके जिल्लाको संछिप्त परिचय

नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत पर्ने भेरी अञ्चलमा अवस्थित बाँके जिल्ला मध्य तथा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रकै प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र, तथा मध्य हिमाली तथा सुदुर पहाडी भूभागहरुको हवाई नाका एवम् विकासक्षेत्रको प्रवेशद्वार मानिन्छ । वि.सं. १८७३ को सुगौली सन्धीमा नेपालले गुमाएकोे भू–भागमध्ये वि.सं. १९१७ मा ईष्ट ईण्डिया कम्पनीबाट नेपालले पुरस्कार स्वरुप बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई प्राप्त गरेको थियो, जस्ले कालान्तरमा नयाँ मुलुकका रुपमा पहिचान प्राप्त ग्यो ।

यस जिल्लाको नाम बाँके रहनुको पछाडी विभिन्न जनश्रुति, धार्मिक एवं पौराणिक आख्यानहरु रहेको पाइन्छ जस मध्ये केही यस प्रकार छन् ।

– परापूर्व कालमा तराई क्षेत्रमा औलो, कालाजार जस्ता रोगहरुको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरुको मृत्यु हुन गईसिमित मानिसहरुमात्र बाँकी रहेका मात्रकालान्तरमा बसोवास गरेको ठाँउ भनिँदै जाँदा पछी अपभ्रंश भई यस ठाँउलाई बाँके भन्न थालिएको पाइन्छ ।

– सत्ययुगमा सतीदेवीको जिब्रो पतन भई त्यस ठाँउमा वाक्यस्वरी देवी उत्पन्न भई स्थापित वाक्यस्वरी (हाल वागेस्वरी) मन्दिर रहेको स्थानलाई छोटकरीमा वाक्य भनिदै जाँदा पछि बाँकेमा परिणत भएको भनाइ पनि रहेको छ ।

– परापूर्वकालमा यहाँका मानिसहरुले घाम, पानी, हुरी, वतास, आदिबाट सुरक्षित रहन वरिपरी घुमाएर बाँके खालका घरहरु निर्माण गर्ने गर्थे। अधिकांश बाँके घरहरु रहेको बस्तीलाई बाँके बस्ती भनिँदै जाँदा पछि जिल्लाको नामनै बाँके रहन गएको हो भन्ने जनश्रुतिपनि पाइन्छ ।

 

१. भौगोलिक विवरण

नेपाल अधिराज्यका पाँच विकास क्षेत्रहरु मध्ये मध्यपश्चिमान्चल विकास क्षेत्रको मुख्य केन्द्रको रुपमा बाँके जिल्ला रहेको छ । बाँके जिल्लाको दक्षिणी भाग भारतिय सिमानासंग जोडिएकोले मध्यपश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको छ । सरदर यस जिल्लाको पूर्व–पश्चिम लम्बाई करिव ८४ किलोमिटर र उत्तर–दक्षिणको चौडाई करिव ४० कि.मी.अनुमान गरिएको छ । यस जिल्लाको दक्षिण भागमा तराईको समथर भूभाग र उत्तरी भागमा पूर्व–पश्चिम फैलिएको चुरे श्रृंखला पर्दछ । भौगोलिक वनावट अनुसार यस जिल्लालाई तीन भागमा विभाजनगर्न सकिन्छ ।

(क) तराईको समथर भूमी

(ख) उत्तरको भावर प्रदेश

(ग) चुरे पर्वत श्रेणी

जिल्लाको उत्तर क्षेत्र भावर क्षेत्र र चुरे पर्वत श्रृङ्खलामा पर्ने भएकोले यस क्षेत्रमा जनसंख्याको खासै चाप नरहेको देखिन्छ । चुरे श्रृंखला भू —बनोटको आधारमा वस्ती वस्ने योग्य देखिदैन । जिल्लाको कूल भूभाग मध्ये अधिकाँश भू–भाग (करीब ७० प्रतिशत) औषत १ डिग्री भन्दा कम भिरालो भएको क्षेत्रले ढाकेको छ भने चुरे क्षेत्रमा जमिन १२३१ मिटर उचाँईसम्म उठेको छ । भौगर्भिक रुपमा चुरे पहाडको उत्तरी मोहडा सामान्य भिरालो छ भने दक्षिण मोहडा अति भिरालो छ । तराईको भू–भाग १२७ मिटर देखि २७५ मिटर उचाँइको बीचमा रहेको छ । यस जिल्लाको सदरमुकाम नेपालगँज समुद्र सतह भन्दा १४९ मिटर उंचाईमा रहेको छ ।

 

सिमाना :     उत्तरमा दाङ्ग र सल्यान जिल्ला, दक्षिणमा भारत, पूर्वमा दाङ्ग र भारतीय सिमाना तथा पश्चिममा बर्दिया जिल्लाको सिमाना पर्दछन् ।

अक्षांस :      २७˚ ५१’ उत्तरदेखी २८˚२०’ उत्तर सम्म

देशान्तर :    ८१˚ २९’ पूर्वदेखी ८२˚८’ पूर्व सम्म

क्षेत्रफल :     २,३३७ व. कि. मि

औसत लम्बाई : ८४ कि.मि.

औसत चौडाई : ४० कि.मि.

हावापानी :    उष्ण देखि समशितोष्ण सम्म

 

२. राजनैतिक तथा प्रशासनिक विभाजन

यस जिल्लामा राजनैतिक एवं प्रशासनिक हिसाबले जम्मा ४ संसदीय निर्वाचन क्षेत्र, १३ इलाका, २ नगरपालिका (नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका – हालै घोषणा भएको) तथा ३३ गाँउ विकास समितिमा विभाजित छ ।

 

ईलाका संख्या  :      १३

संसदीय निर्वाचन क्षेत्र :      ४

नगरपालिका संख्या    :     २ (नेपालगञ्ज उप महानगरपालिका र कोहलपुर नगरपालिका)

गाविस संख्या  :      ३३

औसत लम्बाई :     ८४ कि.मि.

 

३. भू–उपयोगिता

आवादी क्षेत्र               – ९२०६८ (४०.७७%)

वन क्षेत्र                        – ११३२९५ (५०.१७%)

अन्य चट्टान, बंजर, नदि आदि  – २०४७३ (९.०६%)

 

४. जनसंख्या (२०६८ सालको जनगणना अनुसार)

कुल जनसंख्या             – ४९१३१३

पुरुष               – २४४२५५

महिला             – २४७०५८

घरधुरी संख्या        – ९४७७३

जनसंख्या बृद्धि दर    – २.४४

५. साक्षरता

कूल साक्षरता : ६५ प्रतिशत

महिला     : ५९ प्रतिशत

पुरुष        : ७१ प्रतिशत

६. शैक्षिक संस्थाहरु

जम्मा विद्यालय :  ५२४

वालविकास केन्द्र :  ५६२

प्राथमिक       :  २९३

निम्न माध्यामिक : ९५

माध्यामिक(१(१०)       :     ८५

उच्च माध्यामिक(१(१२)   :     ४५

उच्च माध्यामिक(६(१२) :     १

उच्च माध्यामिक(११(१२) :     ४

क्याम्पस             :     १३

प्राविधिक शिक्षालय    :      ०५

मेडिकल कलेज       :      ०१

सामदायिक अध्ययन केन्द्र :     १९

७. स्वास्थ्य सेवाको अवस्था :

भेरी अञ्चल अस्पताल       :      १

क्षेत्रीय प्रहरी अस्पताल       :      १

सैनिक अस्पताल           :            १

नेपालगञ्ज नर्सिङ होम लगायत अन्य निजी नर्सिङ होम :   १५

कोहलपुर मेडिकल कलेज           :           १

स्वास्थ्य चौकी             :      २०

उपस्वास्थ्य चौकी           :      २४

प्राथमिक स्वास्थ्य केन्द्र संख्या :    ३

बेड संख्या                 :      १०४५ (सरकारी–१५०, प्राईभेट–८९५)

जिल्ला आयुर्वेद अस्पताल     :      १

आयुर्वेद केन्द्र              :      ३ (टिटिहिरिया, कोहलपुर, जैसपुर)

आई.एन.एफ. क्लिनिक (कुष्ठरोग)     :      १

मातृ मृत्यु दर (प्रति लाख)    :      १७०

वाल मृत्यु दर (प्रति हजार)   :      ४०

शिशु मृत्यु दर (प्रति हजार)   :      ३६

 

८. सरसफाईको अवस्था

व्यवस्थित खानेपानी सुविधा प्राप्त घर धुरी – ९१.१० प्रतिशत

सरसफाई सविधा (व्यवस्थित चर्पी प्रयोग)प्रा   – ४३.५   प्रतिशत

 

९. यातायात

कालो पत्रे     –             २३६ कि.मी.

ग्राभेल        –             १६० कि.मी.

कच्ची सडक   –             २८७ किमी

 

१०. कृषि

कृषि सूचकाँङ्क

कृषिमा आधारित जनसंख्या :                                      ३३४९९७ (६५%)

कृषिमा आधारित परिवार संख्या :                          ६४६७१

सेवा पु¥याइने परिवार संख्या अनुपात प्रति प्राविधिक :            २९४०

सेवा पु¥याइने जनसंख्या अनुपात प्रति प्राविधिक :                २३४२६

सेवा पु¥याइने गाविस संख्या अनुपात प्रति प्राविधिक :             २.०९

सेवा पु¥याइने कृषक समूह संख्या अनुपात प्रति प्राविधिक :       १८.४१

सेवा पु¥याइने खेती गरिएको क्षेत्रफल (हे.) अनुपात प्रति प्राविधिक :   २४०२

 

११. पशु विकास

मासु पसल          १९४              बाख्रा फर्म           ९

दुग्ध डेरी           २४                सहकारी संस्था       २५

दुग्ध चिसियन केन्द्र         ७                 दुग्ध उधोग डेरी पसल २४

पशु हाटबजार         ८                बंगुर फार्म          १२१

पशु बधशाला         ५               गाई फर्म           ९२

कृतिम गर्भ धारण केन्द्र १६(ब्।क्ष्। मिसनमा १० वटा अन्य ६)

भैसी फार्म          ४६                कुखुरा फर्म             ३९१

 

१२. वन जंगल

१     कूल वन क्षेत्र  ११९९३९।७४ हे.

२     राष्ट्रिय निकुन्ज मा   ६२२००.६८ हे.

३     सामुदायिक वन क्षेत्र   ५७७३९.०६ हे.

४     जिल्लाको जम्मा हस्तान्तरित सामुदायिक वन संख्या  १६२ गोटा

५     हस्तान्तरण भएका मध्ये राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा परेका समूह संख्या  ५१

६     हस्तान्तरण भएको राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा परेको सामुदायिक वनको क्षेत्रफल  ७५८०.६३ हे.

७     जि.वन का. को कार्यक्षेत्रमा बांकी सामुदायिक वन हस्तान्तरण समुह  १११ गोटा

८     जि.वन का.को कार्यक्षेत्रमा बांकी रहेका सा.वन क्षेत्रफल २८७५५.१६ हे.

९     निजी वन     २६.० हे.

१०    धार्मिक वन बांके राष्ट्रिय मध्यबर्ति क्षेत्र      २.७५ हे.

११    ईलाका वन कार्यालय संख्या   १४ वटा

१२    सेक्टर बन कार्यालय   ३ वटा

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ २४ गते बिहीबार