22 Oct, 2024, Tue ddcbanke2@gmail.com (+९७७)-०८१-५३१६५२
समाचार:

बाँके जिल्लाको संक्षिप्त परिचय

बाँके जिल्लाको संछिप्त परिचय नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत पर्ने भेरी अञ्चलमा अवस्थित बाँके जिल्ला मध्य तथा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रकै प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र, तथा मध्य हिमाली तथा सुदुर पहाडी भूभागहरुको हवाई नाका एवम् विकासक्षेत्रको प्रवेशद्वार मानिन्छ । वि.सं. १८७३ को सुगौली सन्धीमा नेपालले गुमाएकोे भू–भागमध्ये वि.सं. १९१७ मा ईष्ट ईण्डिया कम्पनीबाट नेपालले पुरस्कार स्वरुप बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई प्राप्त गरेको थियो, जस्ले कालान्तरमा नयाँ मुलुकका रुपमा पहिचान प्राप्त ग्यो । यस जिल्लाको नाम बाँके रहनुको पछाडी विभिन्न जनश्रुति, धार्मिक एवं पौराणिक आख्यानहरु रहेको पाइन्छ जस मध्ये केही यस प्रकार छन् । – परापूर्व कालमा तराई क्षेत्रमा औलो, कालाजार जस्ता रोगहरुको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरुको मृत्यु हुन गईसिमित मानिसहरुमात्र बाँकी रहेका मात्रकालान्तरमा बसोवास गरेको ठाँउ भनिँदै जाँदा पछी अपभ्रंश भई यस ठाँउलाई बाँके भन्न थालिएको पाइन्छ । – सत्ययुगमा सतीदेवीको जिब्रो पतन भई त्यस ठाँउमा वाक्यस्वरी देवी उत्पन्न भई स्थापित वाक्यस्वरी (हाल वागेस्वरी) मन्दिर रहेको स्थानलाई छोटकरीमा वाक्य भनिदै जाँदा पछि बाँकेमा परिणत भएको भनाइ पनि रहेको छ । – परापूर्वकालमा यहाँका मानिसहरुले घाम, पानी, हुरी, वतास, आदिबाट सुरक्षित रहन वरिपरी घुमाएर बाँके खालका घरहरु निर्माण गर्ने गर्थे। अधिकांश बाँके घरहरु रहेको बस्तीलाई बाँके बस्ती भनिँदै जाँदा पछि जिल्लाको नामनै बाँके रहन गएको हो भन्ने जनश्रुतिपनि पाइन्छ ।

थप पढ्नुहोस्
सुचना तथा समाचार
बोर्ड बैठकका निर्णयहरु
बजेट तथा कार्यक्रम
सार्वजनिक खरिद / बोलपत्र

बारम्बार सोधिने प्रश्नहरु

अनुगमन तथा निरिक्षण

बिधुतिय सेवाहरु

Local Level

स्थानीय तहहरुको वेवसाईट विवरण प्रणाली

LED

स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणाली

FRA

स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन

LISA

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली

स्थानीय तह

अनुगमन

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ २४ गते बिहीबार